काठमाण्डौ / गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। गृहले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको हो।

पर्साका सिडिओ नारायण भट्टराईको चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ। भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ।

लमजुङका सिडिओ पनि फेरिएका छन्। डा. डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मणबहादुर खड्कालाई लमजुङ पठाइएको छ।