एजेन्सी / राजनीतिक लाभका लागि विदेशी सहायता लिएको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगको सार्वजनिक सुनुवाइमा उपस्थित नहुने भएका छन्।

आफूविरुद्ध लगाइने भनिएको महाअभियोगको सार्वजनिक सुनुवाइमा राष्ट्रपति ट्रम्प उपस्थित नहुने बारे ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प र उनका वकिल संसदको तल्लो सदनले स्पष्ट पारेको हो।

तर महाअभियोका लागि छानबिन गरिरहेको न्यायिक समितिले ट्रम्प र उनका वकिल उपस्थित नभए दोस्रो चरणको प्रक्रियामा जाने चेतावनी दिएको जनाइएको छ। ट्रम्प उपस्थित नभए महाअभियोगको टुंगो लगाउन मतदान गर्न सकिने अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति ट्रम्पविरुद्ध राजनीतिक लाभका लागि युक्रेकनलाई आफ्ना प्रतिष्पर्धी जो विडेन र उनका छोरामाथी छानबिन गर्न दबाब दिएको आरोप लगाइएको छ। ट्रम्पविरुद्ध लगाइने भनिएको महाअभियोगका लागि भइरहेको सार्वजनिक सुनुवाइ एकपक्षिय भएको भन्दै ह्वाइट हाउसले उपस्थित नहुने स्पष्ट पारेको हो।