बागलुङ / बाग्लुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ। गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बाग्लुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको हो।

जीपमा रहेकामध्ये नौजना महिला, चारजना पुरुष र एकजना बालकको घटनास्थलमै ज्यान गएको हो। अन्य तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ। जीपमा कति जना सवार थिए भन्ने एकिन थाहा हुन सकेको छैन।  घटनाको थप विवरण आउन बाँकी छ।