एजेन्सी / अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–टु को ल्याण्डर विक्रमको भग्नावशेष भेटेको बताएको छ।

सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै विक्रमसँग सम्पर्क टुटेको थियो।

नासाले उपग्रहबाट लिइएको तस्बिर पोष्ट गरेको छ जसमा विक्रम कुन ठाउँमा खस्यो र कसरी त्यसका भग्नावशेषहरु छरिएका छन् भनेर हेर्न सकिन्छ।

नासाले सो क्षेत्रको सुरुमा र पछि लिइएको तस्बिर पनि पोष्ट गरेको छ जसमा विक्रम खसेको ठाउँ कसरी परिवर्तन भयो भनेर बुझ्न सकिन्छ।