धनकुटामा भिरबाट लडेर कार्कीको मृत्यु

  • शोभित मगर
  • प्रकाशित मिति: मंसिर 17, 2076

धनकुटा / धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीगाउँका ५२ बर्षीय लाल बहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ।

आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसो सम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा सोमवार दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेका थिए।

सो घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी चौकी लेगुवा र जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved