काठमाण्डौ / १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आजदेखि एथ्लेटिक्सको प्रतिस्पर्धा सुरु हुने भएको छ।

मंगलबार (आज) देखि सुरु हुने एथ्लेटिक्समा महिला र पुरुषको १५ सय मिटरको फाइनल साथै सटपुटमा महिला र पुरुषको स्वर्णका लागि भिडन्त हुने भएको हो।

यसैगरी सय मिटरको महिला र पुरुषको हिट, ४ सय मिटरको हिट पनि मंगलबार नै हुने भएको छ। पुरुष क्रिकेटमा बिहान ११ बजे नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ।

दिउँसो १ बजे देखि नेपाल र भुटानबीच दशरथ रंगशालामा फुटबल र करातेमा ६ वटा स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको हो।

गल्फमा पहिलो राउन्डको खेल सुरु भए सँगै सुटिङ, तेक्वान्दो फाइटको ८ स्वर्णका लागि प्रतिस्पर्धा, टेनिसको टिम इभेन्टको सेमिफाइनल, टेवलटेनिसमा प्रतिस्पर्धा, उसुको प्रतिस्पर्धा पनि मंगलबार नै सुरु हुने भएको हो।

त्रिपुरेश्वरको कबर्ड हलमा महिला भलिबलको उपाधिका लागि दिउँसो २ बजे नेपाल र भारतबीच खेल हुनेछ।