देउवाको आक्रोस : बम पड्काए, मतदाता भड्काए, छानबिन गर्दैछौं !

  • शोभित मगर
  • प्रकाशित मिति: मंसिर 17, 2076

काठमाण्डौ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासनप्रति प्रश्न उठाउनुभएको छ। गत शनिबार भएको उपनिर्वाचनमा प्रहरी प्रशासनले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप देउवाको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा बोल्दै देउवाले भन्नुभयो, ‘चुनावमा प्रहरी प्रशासन निष्पक्ष भएनन्, जहाँजहाँ धाँधली गरेका छन् त्यहाँ छानबिन गर्दैछौं।’

प्रहरी प्रशासनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सघाउने काम मात्र गरेको देउवाको भनाइ छ।

‘पोखरामा बम पड्काए, मतदाता भड्काए,’ देउवाले भन्नुभयो, ‘जित्ने ठाउँमा मतदाता त्रसित गराइदिए।’

प्रहरी प्रशासनले उपनिर्वाचनमा प्रभावकारी सुरक्षा दिन नसकेको देउवाको भनाइ छ। उहाँले प्रतिकूल वातावरणमा पनि भक्तपुर, दाङ र धरानमा राम्रो मतपरिणाम आएको जानकारी दिनुभयो।

‘प्रहरी प्रशासन निष्पक्ष नभएको बेला पनि मतपरिणाम राम्रो आएको छ,’ उहाँले भन्नुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2019 - Purbikhabar.com All rights reserved