अछाम / सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा गए राति एकजना युवतीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको ज्यान गएको हो।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

सरकारले छाउपढि प्रथाको अन्त्य भएको घोषणा गरे पनि यसको प्रभाव नारामा मात्रै सिमित देखिन्छ। अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको ज्यान गइसकेको छ।