काठमाण्डौ / त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी कर्मचारीको मागसहित विज्ञापन खुलाइएको छ। त्रिवि सेवा आयोगले आइतबार उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदका लागि विज्ञापन प्रकाशित गरेको हो।

सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ भने १५ जनाका लागि लेखा अधिकृतको आवेदन खुलाएको छ।

यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत र २१ जना मुख्य लेखा सहायक पदका लागि विज्ञापन खुलाइएको छ।

हेर्नुहोस् विज्ञापन :