काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाले अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायतका विज्ञापन ७ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगर क्षेत्रभित्रका घर, कम्पाउन्ड, छत, बिजुलीका खम्बा, डिभाइडर आदीमा राखिएका पर्चा, पम्प्लेट, भित्तेलेखन, विज्ञापन बोर्ड, होडिङबोर्ड आदीले सहर कुरुप बनाएको र मानव स्वास्थ्यमा असर परेकाले तत्कालै त्यस्ता विज्ञापन हटाउन महानगरले एक हप्ते सूचना निकालेको हो।

सात दिनभित्र सम्बन्धित संस्था तथा व्यक्तिले विज्ञापन नहटाए महानगरले हटाउने र त्यसवापत लागेको खर्च पनि उनिहरुबाटै असुलिने महानगरपालिकाले जनाएको छ। सर्वोच्च अदालतको २०७२ सालको भदौ १६ गतेको फैसलाले पनि काठमाण्डौमा विज्ञापन र प्रचार सागम्री राख्न नपाउने व्यवस्था गरेको थियो।

यस्तै, महानगरपालिकाको २०७६ साल कात्तिक १७ गतेको निर्देशिका र विज्ञापन नितिले पनि सहर कुरुप बनाउने र मानव स्वास्थ्यमा असर गर्नेगरी विज्ञापन तथा प्रचार सामग्रीमा रोक लगाएको छ।