काठमाण्डौ / १३ औं साउथ एसियन गेम (साग)मा नेपालले सबैभन्दा धेरै पदक हात पारेको छ। हालसम्म नेपालले ३ स्वर्ण पदक सहित ५ पदक जितिसकेको छ।

यस्तै, भारतले १ स्वर्ण पदक सहित ४ पदक जितीसकेको छ। हाल पाकिस्तानले पनि एक स्वर्ण पदक सहित ३ स्वर्ण पदक हात पारिसकेको सागले जनाएको छ।

यसका अलाव बंगलादेशले ३, श्रीलंकाले ३ ओटा पदक जितेका छन्। तर, भुटान र माल्दिभ्सले अझै पदक हात पार्न सकेका छैन।