काठमाण्डौ / अमेरिकाको टेक्सास राज्यमा आइतवार राती भएको हेलिकप्टर दुर्घटनामा तीनजनाको ज्यान गएको छ। ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो।

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुईजना पुरुष र एकजना महिलाको सो दुर्घटनमा ज्यान गएको जनाइएको छ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा सो दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।