काठमाण्डौ / दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ। फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो।

टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए। जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो। नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जिते। 

प्रतिस्पर्धामा पाकिस्तान दोस्रो बनेको छ। श्रीलंकाले भने तेस्रो स्थान हात पार्‍याे। नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्यो भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्‍याे।