काठमाण्डाै / १३औँ दक्षिण एसियाली खेलकुद (साग) को ट्रायथलनमा नेपाली खेलाडी सोनु गुरुङले स्वर्ण जितेकी छिन्।

पोखरामा भएको प्रतियोगितामा महिलाको इलाइट स्प्रिन्टमा उनले उपाधि जित्न सफल भइन्। ट्रायथलनमा नेपालले पहिलो पटक सागमा स्वर्ण जितेको हो। 

सोनीले एक घण्टा १३ मिनेट ४५ सेकेण्डको समय निकाल्दै स्वर्ण हात पारिन्। दोस्रो र तेस्रो स्थानमा भारतीय खेलाडी रहे।