सुनसरी / सुनसरीको धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले ऐतिहाँसिक जित हात पारेको छ। नेपाली कांग्रेसका तिलक राईले धरानको इतिहाँसमा पहिलो पटक कांग्रेसको तर्फबाट चुनाव जित्नुभएको हो।

कांग्रेसका तिलक राई २६ हजार ७ सय ९ मतका साथ बिजयी हनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्दि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ। 

नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतले पछि पार्दै तिलक राईले जित हात पार्नुभएको हो।