सुनसरी/  सुनसरीको धरानमा जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी नेकपालाई कांग्रेसले निरन्तर पछाडी पारिरहेको छ। जारी मतगणनामा नेकपालाई नेपाली कांग्रेसले १ हजार ६ सय ३७ मतले पछाडी पारेको हो।

जारी मतगणना अनुसार नेपाली कांग्रेसका उ्रम्मेद्वार तिलक राईले २४ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् भने तिलक राईलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेद्वार प्रकाश राईले २३ हजार १४मत का साथ पछ्याईरहेका छन्।

यस्तै अव दुईवटा वडाको मतगणना बाँकी रहेको जनाईएको छ।