काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका छन्। 

भारतले सेमिफाइनलमा श्रीलंकामाथि ३–१ को सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने पाकिस्तानले बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। बंगलादेशविरुद्ध पकिस्तान २५–१५, २५–२१ र २६–२४ ले विजयी भएको हो। 

श्रीलंकाविरुद्ध भारतले पहिलो सेट २७–२५ तथा दोस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भएको थियो। त तेस्रो सेट श्रीलंकाले २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

चौथो सेटमा श्रीलंकाले दबाब दिए पनि भारतले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। आयोजक टिम नेपाल भने यस प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको थियो।