एजेन्सी / १२ वर्षअघि रुकुमबाट उच्चशिक्षा हासिल गर्न र कलाकार बन्न काठमाण्डौ आएकी ज्योती मगर अहिले चर्चाको शिखरमा रहेकी छन्।

रोल्पा नुवागाउँमा जन्मिएर काठमाण्डौ आएकी ज्योतीले केही समय नृत्य कलाकारका रूपमा काम गरिसकेकी छन्। अग्रजसँग संगतका कारण गायन यात्रालाई अघि बढाउएकी, सयभन्दा बढी गीत गाइसकेकी ज्योति पछिल्लो समय मोडलका रूपमा पनि स्थापित भएकी छन्। उनले लोकदोहोरीमा महँगो पारिश्रमिक लिने मोडलका रूपमा परिचय बनाएकी छन्।

उनले चर्चाको शिखरमा रहँदा अब विहे गर्ने समय आएको बताएकी छन्। मानवता भएको, मलाई इन्टरफेयर नगर्ने, परिवार र समाजप्रति जिम्मेवार, कुल, आर्थिक अवस्था राम्रो र पैसा कमाउने होस्। समझदार र सहयोगी भावनाको आफूमै ‘डिपेन्डेन्ट’ हुनसक्ने केटाको खोजीमा रहेको उनले बताइन्।