सुनसरी / बलात्कारको आरोप लागेका चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। सिद्धबाबालाई अहिले सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो।

मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भए पनि प्रहरीले भने बिहीबार नै मुद्धा दायर गरिसकेको प्रहरीले जनाएको छ। कृष्णदास पक्राउको विषय प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर मात्र पक्राउ परेको सार्वजनिक गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ। जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरे लगायतै प्रहरीले कृष्णदास पक्राउको विषय सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।

आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो। बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन।