एजेन्सी / ट्विटर प्रयोगकर्ताहरु बढी सक्रिय नभए अकाउन्ट बन्द गरिने भएको छ। मंगलबार ट्विटरले ६ महिनाभन्दा बढी समयसम्म अकाउन्ट नचलाएमा वा लग–इन नगरेमा अकाउन्ट डिलिट गरिने नीति लागु गर्ने घोषणा गरेको हो।

ट्विटरले लग–इन गर्ने प्रयोगकर्ताहरुलाई ‘एक्टिभ युजर’ का रुपमा लिने हुँदा त्यस्ता अकाउन्ट चाहिँ नहटाउने तर शंकास्पद अकाउन्ट र समस्याजनक गतिविधि प्रस्तुत गर्ने किसिमका अकाउन्टमा भने केन्द्रित रहने बताइएको छ।

ट्विटरमा पोस्ट हुने सामग्री प्रयोगकर्ताहरुले विश्वास गर्न सक्ने किसिमका होस् भन्ने उद्देश्यका साथ सबैलाई सक्रिय रुपमा ट्विटरमा लग इन हुन प्रोत्साहन गरिएको भए पनि धेरै प्रयोग नगरिएका तथा अनावश्यक अकाउन्टहरु हटाउन लागिएको कम्पनीका एक प्रवक्ताले बताए।