यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग दुई एकले स्तब्ध भएको छ।

एस्टानाको घरेलु मैदानमा भएको खेलमा युनाइेटड दुई एकले पराजित भयो। त्यसो त युनाइटेडले एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाएको थियो। उनले क्लबका लागि करिब १० महिनापछि गोल गरेका हुन्।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफका सुरुवातमा नै दुई गोल खान पूग्यो। त्यसमा उसले एक गोल आत्मघाती गर्‍यो । ५५ औं मिनेटमा सोम्कोले गोल गर्दै युनाइेटडको अग्रतालाई बराबरीमा पुर्‍याए।

तर ६२ औँ मिनेटमा युनाइेटडका बेर्नार्टले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे। उनले दोस्रो हाफको सुरुवातमा नै यस्तै गोलको नजिक पुगेका थिए । तर त्यो बेला उनी बचेका थिए।

यो हारले पनि युनाइेटडलाई फरक भने पर्ने छैन। उसले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ। 

त्यसैले पनि युनाइेटडले बिहीबारको खेलमा मुख्य खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतारेको थियो। उसले सात जना युवा खेलाडीलाई खेलाएको थियो।