भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङ घटनामा महिलाको दुवै स्तन काटेको आरोपमा प्रहरीले गोविन्द राईलाई पक्राउ गरेको छ।

गत बुधबार नकावधारीको समूहले खकुवाखोलामा लुगाधुन गएकी सुब्बा तमाङको अन्दाजी ३३ वर्षीया श्रीमती वीणा तामाङको स्तन काटेर फरार रहेका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा षडानन्द नगरपालिका–८ सेमेङका स्थानीय ३४ वर्षीय राईलाई पक्राउ गरिएको हो।

पक्राउ पछि प्रहरी कार्यालय भोजपुर लगिएको आरोपित राईमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डव राजवंशीले जानकारी दिनुभयो। वीणाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ।

आफु खाना खाएपछि खोलामा लुगा धुन गएको समयमा दुईजना नकावधारीहरुले बलात्कारको प्रयास गरेको र प्रतिकार गर्न खोज्दा विलेटले आफ्नो स्तन काटिदिए पछि उनिहरु खोलाको बाटो हुदैं माथीतिर गएको उहाँले बताउनुभएको थियो।