एट्लेटिको मड्रिडलाई १–० ले हराउँदै इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

समूह डीको पाचाैँ खेलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई हराउँदा पाउलो डिबालाको गोल निर्णाय बन्यो। 

उनले पहिलो हाफको इन्ज्युरी समयमा उत्कृष्ट फ्रिकिक गोल गर्दै टिमलाई अग्रता दिलाए। जुन गोल खेलमा निर्णायक बन्दा युभेन्टस समूहको विजेता बन्न सफल भयो।

समूहमा एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ। नकआउट चरणमा पुग्नका लागि एट्लेटिको मड्रिडले समूह चरणको अन्तिम खेलमा लोकोमोटिभ मस्कोलाई हराउनु पर्नेछ।