बिराटनगर/ नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्टले दुईजना ग्राहकलाई स्कुटर प्रदान गरेको छ। तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये दुईजना ग्राहकहरुले गोला प्रथाबाट स्कुटर जितेका हुन्।

सिमेन्ट खरिद गर्ने ग्राहकहरु मध्यबाट साप्ताहिक रुपमा गरिने गोलप्रथाबाट सुनसरीको इनरुवाका संजय मेहताले पहिलो स्कुटर जितेका थिए भने मोरङको लेटाङ बुधबारेकी ओम कुमारी राईले दोस्रो स्कुटर जितेकी थिईन। बन्धन सिमेन्टले बिजेता संजय मेहता र ओम कुमारी राईले उपहार स्वरुप प्राप्त गरेको स्कुटर घरमै स्कुटर पुर्‍याइदिएको छ। next bijeta

तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकमध्यबाट एकजना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले जनाएको छ। नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्टको यो अफरको अवधि पुष मसान्त सम्म रहने नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले जनाएको छ।