काठमाण्डाै / क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाण्डौको त्रिचन्द्र क्याम्पस मंगलबार बन्द हुने भएको छ। घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि मंगलबार एक दिन नहुने क्याम्पस प्रशासनले जनाएको हो। 

सोमबार त्रिचन्द्र क्याम्पसका प्रमुख प्राध्यापक प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेर घाइते बनाएका थिए। उहाँको ट्रमा सेण्टरमा उपचार भइरहेको छ। विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका कार्यकर्ताले न्यौपानेलाई कुटपिट गरेका थिए। 

हेर्नुहोस् सुचना :