ललितपुर / बिरामी महिलालाई बलात्कार गरेको आरोपमा मेडिसिटी अस्पतालका एकजना डाक्टर पक्राउ परेका छन्। बिरामी महिलालाई बलात्कार गरेको आरोपमा मेडिसिटी अस्पतालका डाक्टर रोहितप्रसाद झा पक्राउ परेको ललितपुर प्रहरीले जनाएको छ।

सामान्य स्वास्थ्य जाँचका लागि अस्पताल जाँदा बलात्कार गरेको भनी पीडित महिलाले दिएको उजुरी आधारमा डाक्टर झालाई अस्पतालबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। झालाई हिरासतमा लिएर बलात्कार उद्योगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।