एजेन्सी / ग्लोबल आइकन प्रियंका चोपडा र निक जोनस बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चामा छिन्। यी दुईको चर्चा भइरहन्छ। दुवै एकअर्काको प्रेममा डुबेका छन्। तर, प्रियंकाले निकसँग मिलेर गर्न मन नपराउने एउटा काम छ।

प्रियंका चोपडाले हालै एक च्याट शो मा यसबारेमा खुलासा गरिन्। उनले निक जोनससँग व्यावसायिक रुपमा कुनै पनि गीत गाउन नचाहेको बताइन्। संगीतको शोखिन प्रियंका कैयनपटक निक जोनसको गीत गाएको अवस्थामा देखिन्छिन् तर उनी व्यावसायिक रुपमा भने निकको गीतमा देखिन चाहँदिनन्।

च्याट शोमा कुराकानी गर्दै प्रियंकाले आफूलाई संगीत खुबै मन पर्ने तर यो क्षेत्रका बारेमा खासै थाहा नभएकाले गीत गाउन नचाहेको बताइन्। प्रियंकाले भनिन् – निकले आफै गीत गाउँछन्। आफै लेख्छन्। कम्पोज पनि आफै गर्छन्।

प्रियंकाले सुनाइन् कि, निकले हरेक बिहान उनका लागि विशेष प्रस्तुति दिने गर्छन्। प्रियंकाका लागि भनेर निकले पियानोमा गीत गाउने गर्छन्।