मोरङ / मोरङको बेलबारीमा शनिबारबाट नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शरु भएको छ। बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गरेको हो।

IMG_4596 प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता उद्घाटन गर्नुभयो। प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राईले विदेशी खेलाडीको सहभागितामा गरिएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। खेलकुदको माध्यमबाट देशलाई नै चिनाउँन सकिने भन्दै उहाँले प्रदेश सरकारले पनि खेलकुद क्षेत्रको बिकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

IMG_0902 प्रतियोगितामा ६ देशका ५२ टिम आवद्ध ६ सय ५० खेलाडी सहभागि छन्। नेपालका सात वटै प्रदेशका खेलाडी सहभागि रहेको प्रतियोगितामा भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडी पनि उपाधिका लागि खेल्दैछन्। ८५ स्वर्ण, ८५ रजत र १ सय ७० कास्य पदकका लागि खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ।

IMG_4830 प्रतियोगितामा शनिबार १ सय २० पदकको खेल भएको छ। ३० स्वर्ण, ३० रजत र ६० कास्य पदकका लागि खेल भएको बेलबारी नगर सितोरियो कराते संघका सदस्य सचिव एवं प्रमुख प्रशिक्षक कुन्ती गुरुङले जानकारी दिनुभयो।

बिजेता खेलाडीहरुलाई मुख्यमन्त्री राई, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, कराते महासंघका पूर्व प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, आयोजक सस्थाका अध्यक्ष सञ्जय सुवेदी लगायतले पदक प्रदान गर्नुभयो।

IMG_4903 अब आईतबार १ सय २० पदकका लागि खेल हुनेछ। प्रतियोगिताको बिजेताले १ लाख, उप–बिजेताले ७५ हजार र तृृतियले ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।