एजेन्सी / मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन्।

एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति चिन्ता व्यक्त गरेको छ।

मानव अधिकार संगठनहरुका दावी अनुसार यी प्लाटफर्म ठूलो स्तरमा ‘मानवाधिकारलाई नोक्सानी पु¥याउने अवस्था सिर्जना गरिरहेको छ।’

फेसबुकले रिपोर्टप्रति असहमती व्यक्त गरेको छ। कम्पनीले आफ्नो प्लाटफर्मले मानव अधिकारलाई सशक्त बनाइरहेको टिप्पणी गरेको छ।

रिपार्टमा गूगललाई संसारको ९० प्रतिशतभन्दा बढी खोजको लागि प्रयोग गरिने सर्च इन्जिन बताइएको छ। त्यस्तै संसारको एक तिहाई जनसंख्याले हरेक दिन फेसबुक प्रयोग गर्ने पनि रिपोर्टमा लेखिएको छ।

एमनेस्टीका महासचिव कूम नायडूले रिपोर्टको व्याख्या गर्दै भने ,‘ अरबौं मानिस फेसबुक र गूगलले निर्धारण गरेको सर्तभन्दा बाहिर गएर यसलाई प्रयोग गर्न सक्दैनन्।’

५८ पृष्ठको रिपोर्टमा एम्नेस्टीले गूगल र फेसबुकको व्यापार मोडलको कारण ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ भइरहेको उल्लेख गरेको छ।

मानव अधिकार संगठनले प्रविधि कम्पनीहरुले तिनको व्यापार मोडेलमा ‘मौलिक परिवर्तन’ ल्याउनु पर्ने आवश्यक रहेको बताएको छ।

एमनेस्टीको भनाईमा फेसबुक र गूगलले तिनको सेवा प्रयोग गरेबापत शूल्क लिदैंनन् तर उपभोक्ताको व्यक्तिगत तथ्याकंहरु तिनले आफ्नो फाइदाको लागि उपयोग गर्ने गर्छन्।

रिपोर्टले क्याम्ब्रिज एनालिटिका प्रकरणको उदारण दिएर फेसबुकले उपभोक्ताको व्यक्तिगत तथ्याकंलाई कसरी प्रयोग गरिरहेको बताएको छ।

एमनेस्टीले सरकारसँग प्रयोगकर्ताको तथ्याकं सुरक्षित गर्नको लागि कानून बनाउन र प्रविधि कम्पनीले अपनाएको ‘निगरानीमा आधारित व्यापार मोडल’मासुधार गर्न भनेको छ।