आजकल धेरै युवायुवती डेटमा जाने गर्दछन्। तर डेटमा जादाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी नहुँदा कतिपय प्रेममा असर पर्ने गर्दछ। हामी डेटमा जाँदा उपयोगी सात टिप्सहरु दिदैछौँ, जो तपाईंको आउने डेटका लागि उपयोगी हुनसक्छ ?

१. बोर हुन नदिनुहोस् : हरेक ब्यक्ति भेटमा रमाइलो होस् भन्ने चाहन्छन्। अझ डेटिङको भेट हरेक प्रेमिकाको चाहनाअनुसार रमाइलो होस् भन्ने हुन्छ। त्यसैले डेटमा कहिल्यै प्रेमिकालाई बोर हुन दिनुहुँदैन।

२. चुपचाप नबस्नु : डेटिङमा कतिपय पुरुष कम बोल्ने गर्दछन्। तर केटीलाई आफ्नो प्रेमी गफ गरिरहोस् भन्ने चाहना हुन्छ। तर चुप नलाग्नु भन्दैमा प्रेमिकाको कुरा काटेर आफँै मात्र बोल्नु भने हुँदैन।

३. सुझबुझ अपनाउनुस् : डेटमा जाँदा आफ्नो प्रेमिकाको भावना बुझ्नुहोस्। यदि उनी दुखी छिन् भने कारण पत्ता लगाएर त्यसको समाधानको उपाय दिनुहोस्। कुनै सहयोगको अपेक्षा छ भने त्यसलाई पूरा गर्ने उपाय बताउँनुहोस्। यस्तोमा तपाईंको सुझबुझको निकै ठूलो महत्व हुन्छ।

४. प्रेमिकाको कुरा सुन्नुहोस् : कतिपय टेलिफोन वा म्यासेजमा भन्न नसकेका कुरा डेटमा जाँदा भन्ने प्रेमिकाको बानी हुन्छ। यस्तोमा उनीहरुको कुरा ध्यान दिएर सुनिदिनु पर्ने हुन्छ। स्वभावतस् कतिपय प्रेमिकाहरुमा आफ्नो कुरा सुनाउने बानी पनि हुन्छ।

५. अनावश्यक फोन नउठाउनुहोस् : प्राय डेटमा जाँदा प्रेमीप्रेमीका बीचको मात्र कुराकानी हुनुपर्छ। यस्तोमा बाहिरबाट आउने टेलिफोन कलले अहसज तुल्याउने गर्दछ। तसर्थ डेटमा भएको बेला बाहिरको कल उठाउनु वा लामो कुराकानी गर्नु हुँदैन। अति आवश्यक कल भए प्रेमिकाकै अगाडि ‘फोन उठाउँछु है’ भनेर अनुमतिका साथ उठाउन सकिन्छ।

६. वादविवाद नगर्नुहोस् : कुनै पनि डेटमा प्रेमका कुरा वा एकआपसका कुराले मात्र प्रवेश पाउनु पर्छ। तर कतिपय प्रेमी भने राजनीतिक बहस वा देशको माहौलबारे चर्चा गर्न थाल्छन्। यो डेटका लागि सबैभन्दा अनुपयुक्त विषय हो। साथै डेटमा रहँदा कुनै पनि बिषयमा विवाद गर्नु हुँदैन यसले नकारात्मक असर पर्छ।