इनरुवा / इनरुवाका जग्गा व्यवसायीको हत्यामा संलग्न अशोक पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। जग्गाको कारोबार गर्दै आएका इनरुवाका ३८ वर्षिय करी यादवको हत्या आरोपमा प्रहरीले पण्डितलाई पक्राउ गरिएको हो।

आफ्नो ३४ वर्षिय श्रीमती अनिता पण्डितसँग अनौतीक सम्बन्ध रहेको कारण हत्या गरेको पण्डितले प्रहरीको बयानमा भनेका छन्। शव पोर्स्टमाटम रिपोर्ट अनुसार यादवलाई रडले हानेर हत्या भएको प्रहरीले जनाएको छ।

गत बुधबार श्रीमती माईत गएको बेला मृत अवस्थामा यदवको शव इनरुवा स्थित सोमबारे हटिया नजिकै फेला परेको थियो।