एजेन्सी / केहि भारतीय बलियुड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ। ति कलाकारहरु हुन् गोबिन्दा अहुजा, माला सिन्हा, भारती सिंह, श्रृति झा, अहमद खान रहेका छन्।

नेपालीहरुको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन्। उनको बुबा नेपाली क्रिश्चियन हुन्। माईती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफनो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुबै कमाईन्।

गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन्। उनी नेपालका ज्वाई हुन्। उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफनो ससुराली घर भएको बताउँछन्।

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ। उनको आमा पञ्जाबी थिईन भने बुबा नेपाली। थोरै नेपाली समेत बोल्न सक्ने भारती आफनो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन्।

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसंग साईनो रहेको छ। उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन्। उनले धेरै पटक भारतीय च्यानल जि टिभीको कार्यक्रम डान्स इण्डिया डान्समार्फत आफनो आमा नेपाली भएको धेरै पटक बताईसकेका छन्।

श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन्। वास्तवमा उनी नेपाली भने होईनन्। तर उनी आफनो परिवारको साथमा लामोसमय काठमाडौँ बसेकी थिईन्। बिहारमा जन्मिएकी श्रृतिले काठमाण्डौमा मोर्डन इण्डियन स्कुलमा आफनो अध्ययन पुरा गरेकी हुन्। आफनो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन्। उनले जि टिभीको सिरियल कुमकुम भाग्य बाट बिषेश चर्चा कमाएकी हुन्।