भोजपुर / भोजपुरको षडानन्द नगरपालिका–८ सेमेङमा नकावधारीले एकजना महिलाको दुवै स्तन काटिदिएका छन्।

बुधवार बिहान अपरिचित नकावधारी समुहले खकुवाखोलामा लुगाधुन गएकी सुव्वा तामाङकी ३० वर्षीया श्रीमती वीणा तामाङको दुवै स्तन काटि दिएका हुन्।

अचेत अवस्थामा रहेकी घाइते तामाङलाई उपचारको लागि दिङ्ला तर्फ ल्याईंदै गरेको वडाध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिनुभयो।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमा परिचालित भएर अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी प्रमुख अमतलाल माझीले जानकारी दिनुभयो।