एजेन्सी / बलिउडको नजरले हेर्ने हो भने १९ नोभेम्बर अर्थात् आजको दिन निकै महत्वपूर्ण छ। किनभने आजको दिन बलिउडका तीन अभिनेत्रीका लागि विशेष छ।

आजकै दिन २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् भने नोभेम्बर १९ तारिखमा बलिउड नायिका सुष्मिता सेन र जिनत अमानको जन्मदिन पनि हो। सन् १९९४ मा ऐश्वर्याले दक्षिण अफ्रिकामा भएको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि जितेकी थिइन्।

1563243711-Aishwarya-Rai_0

यस्तै आज बलिउड नायिका सुष्मिता सेनको पनि जन्मदिन हो। सुष्मिताको जन्म सन् १९७५ मा बंगाली बैद्य परिवारमा हैदराबादमा भएको थियो। सुष्मिताका पिता इन्डियन एयरफोर्समा विंग कमान्डर थिए यस्तै आमा गहना डिजाइनर।

Sumita-Sen यस्तै, सुष्मिता सेनले सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी थिइन्। त्यसपछि उनले थुप्रै बलिउडका हिट फिल्ममा पनि काम गरिन्। अहिले उनी आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिइरहेकी छिन्।

यस्तै, बलिउड नायिका जिनत अमानको जन्म पनि आजकै दिन सन् १९५१ मा बम्बेमा भएको थियो। जिनत आमानले पत्रकारको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन्।

default त्यसपछि जिनत अमानले सन् १९७० मा फिल्म ‘द एविल विदइन’ बाट आफ्नो एक्टिङ करियर सुरु गरेकी थिइन्। यो फिल्ममा उनीसँग देवानन्द थिए। त्यसपछि उनलाई विनोद खन्ना, अमिताभ बच्चनजस्ता चर्चित नायकसँग देखियो।