धरान/ केही बर्ष देखि होटेल म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनसक्ती उत्पादन गर्दै आएको व्हाईट हाउस कलेजले होटेल म्यानेजमेन्ट क्षेत्रमा नयाँ फड्को मारेको छ। व्हाईट हाउसले अहिले बेलायत को OTHM Qualification ( ओथम क्वालिफिकेसन ) को नेपालको लागि आधिकारिक रुपमा सम्बन्धन बितरण गर्ने संस्थाको रूपमा मान्यता प्राप्त गरेको हो। 

ईन्टरनेशनल डिप्लोमा ईन कुलनरी आर्ट्स को लेभल तिन र चार त्यसैगरी ईन्टरनेशनल डिप्लोमा ईन होटल म्यानेजमेन्ट लेभल तीन र चारको लागि OTHM Qualification UK ( ओथम क्वालिफिकेसन, यु के ) को कोर्समा बिगत तीन बर्ष देखि कक्षा गर्दै आएको कलेजले यहि ४ वटा बिषयका लागि आधिकारिक रुपमा सम्बन्धन बितरण गर्न सक्नेछ। नेपालमा भएका संस्थाहरुले सो बिषयमा आधिकारिक रुपमा OTHM Qualification,UK ( ओथम क्वालिफिकेसन, यु के ) को सम्बन्धन लिन चाहेमा व्हाईट हाउस धरानले सो सम्बन्धन उपलब्ध गराउन सक्नेछ।

यो भन्दा अगाडि व्हाईट हाउस धरान लगायत नेपालका अन्य धेरै संस्था ले भारतको दिल्ली अवस्तिथ म्याट्रइक्स इन्फोसिस ( Matrix Infosys) अन्तर्गत ओथम क्वालिफिकेसन, यु के को कोर्सहरु सन्चालन गर्दै आएको थिए अब भारतको त्यो संस्था ले उपलब्ध गराउदै आएको त्यो सम्पुर्ण सुबिधा व्हाईट हाउसले नै उपलब्ध गराउने भएको छ। भारतको संस्थाबाट सम्बन्धन लिदा, सम्बन्धन शुल्क तथा विद्यार्थी दर्ता शुल्क महङ्गो पर्ने तथा अन्य प्रक्रिया गर्दा भारत बाट असहज हुने भएकोले गर्दा नै हामी बेलायत संग प्रत्यक्ष रुपमा जोडिन बाध्य भयौ, तर जे भयो राम्रो भयो , अब नेपालमा यो कोर्स संचालन गर्न चाहनेहरुले सजिलोसँग हामी संग जोडिएर ओथम क्वालिफिकेसन, यु के को कोर्सहरु सन्चालन गर्नुसक्ने व्हाईट हाउसका सि ई ओ अरुण कुमार प्रधान बताउछन । 

प्राविधिक शिक्षा अन्तर्गत पढाईने यो कोर्स मा एस ई ई दिएकाले लेभल तीन र प्लस टु गरेकाले लेभल चार मा अध्यन गर्नु पाउने छन । छ महिनाको अध्यन पछि चाईनालगायत अन्य तेस्रो मुलुकका उत्कृष्ट पाँच तारे होटलमा छ महिना देखि एक बर्ष सम्म ईन्टर्नसिप ,त्यस पश्चात् रोजगारिको अवसर प्राप्त गर्ने छन। यदि OTHM Qualification ( ओथम क्वालिफिकेसन) अध्यन गरेका विद्यार्थीले विदेश मा नै रहेर एड्भान्स डिप्लोमा तथा बि एच एम अध्यन गर्न चाहेमा सजिलै संग अध्यनको अवसर पनि प्राप्त गर्न सक्नेछन । बेलायतको डिग्री अनुसार OTHM Qualification ( ओथम क्वालिफिकेसन) को लेभल तीन गरेका विद्यार्थीले यु के डिग्री को पहिलो बर्ष को प्रवेस कोर्स , लेभल चार गरेको विद्यार्थीलाई तीन बर्षे ब्याचलर डिग्री को पहिलो बर्षको कोर्स , लेभल पाँच गरेको विद्यार्थीलाई सो ब्याचलर डिग्री को दोस्रो बर्ष को कोर्स , लेभल छ गरेका विद्यार्थीले यु के को ब्याचलर डिग्री को मान्यता प्रप्त गर्ने छन भने लेभल सात गरेका विद्यार्थीले यु के को मास्टर डिग्री को मान्यता प्राप्त गर्ने छन । तर नेपालमा लेभल तीन र चार गरेका विद्यार्थीले बिश्व का कुनै पनि पाच तारे होटलमा रोजगार को अवसर प्राप्त गर्ने छन । 

अहिले को शिक्षा पद्धति मा प्राविधिक शिक्षाको एकदमै महत्वपूर्ण भुमिका रहेको र कुनै पनि बिषय मा प्राविधिक शिक्षा पाएका व्यक्तिहरुले कुनै पनि राष्ट्रमा गएर सजिलैसंग रोजगारिको अवसर प्राप्त गर्ने सकिने कुरा प्रधान बताउछन। सिटिईभिटि बाट पनि सम्बन्धन प्राप्त यश संस्थाले आफ्ना विद्यार्थीलाई स्किल टेस्ट गराई लेभल एक र दुईको सिटिईभिटिको प्रमाणपत्र पनि उपलब्ध गराउदै आएको छ। धरान, ईटहरी, धनकुटा , धनगढी, बुटवल, दाङ, काठमाडौ, चितवन , बिराटनगरमा सन्चालन भएको ओथम क्वालिफिकेसनको सेन्टरहरु आगामी दिनमा नेपालका अन्य धेरै शहरहरुमा पनि छिट्टै संचालन गर्नु लागिएको प्रधानले जानकारी दिनुभयो ।