इटहरी / मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो।

नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको जानकारी दिनुभयो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।