काठमाण्डौ / सुदूरपश्चिम प्रदेशको पर्यटन दूतका रुपमा रवि ओडलाई नियुक्त गरिएको छ।

नेपाल आइडल सिजन–२ का विजेता समेत रहनुभएका रविलाई सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा पर्यटन दूतमा नियुक्त गरिएको सरकारकी पर्यटनमन्त्री माया भट्टले घोषणा गर्नुभयो।

रविले आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पहिले नै आफनो समूहसँग मिलेर केही गर्ने प्रस्ताव राखेको कारण आफूलाई पर्यटन दूतकै रुपमा जिम्मेवारी दिएको छ।

पर्यटनदूत नियुक्तिका बारे मौखिक घोषणा मात्रै भएको तर लिखित सहमति हुन बाँकी रहेकोे बताउनुभयो।