सुनसरी/ सुनसरीको धरान १५ निवासी नबिना वान्तवा राईले आफ्नो ३२ औँ जन्मदिन इटहरीको माया घरमा मनाएकी छन्। नबिनाले माया घरमा आश्रित करिव ४० जनालाई खाना खुवाउँदै जनदिन मनाएकी हुन्। IMG_9737

यसअघिका जन्मदिनमा साथी भाईसँगै घुम्दै खाएर मनाएकोमा यस बर्ष माया घरमा आश्रितहरुसँग मनाउन पाउँदा आँफु अत्यन्तै खुसी भएको नबिनाले प्रतिकृया दिएकी छन्। IMG_9741

नबिनाले मायाघरमा आश्रित ४० जनालाई बिहानको खाना खुवाउनुका अतिरिक्त चकलेट पनि बाँडेकी थिईन। यसैगरी आश्रमका तर्फबाट नबिनालाई टिका र रुद्राक्षको माला लगाईदिँदै जन्मदिनको शुभकामना दिईएको थियो। IMG_9735

यसी जन्मदिन मनाउन पाउँदा आँफुलाई अत्यन्तै खुसी लागेको प्रतिकृया दिँदै नबिनाले अहिले आँफु आमा बुवाबाट टाडा भएपनि सँगै भएजस्तै भएको पूर्वी खबरलाई प्रतिकृया दिएकी छन्। IMG_9729

राईले पौष लाग्ने बित्तिकै माया घरमा आश्रित नवजात शिशुहरुलाई न्यानो कपडा समेत प्रदान गर्ने बताएकी छन्। IMG_9728