काठमाण्डौ / ए मेरो हजुर ४ मा नायक अनमोल केसी अनुबन्धित भएका छन्। झरना थापाले निर्देशन गर्ने मेरो हजुर ४’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका हुन्। अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका हुन्। शनिबारै ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे।

FB_IMG_15739145132819574

अनमोल र सुहानाले अभिनय गरेको ‘ए मेरो हजुर ३’ बक्सअफिसमा सुपरहिट सावित भएको थियो। यहि सिनेमाबाट डेब्यु गरेकी सुहानाको अभिनयलाई दर्शक र समिक्षकले रुचाएका थिए।