इटहरी / इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु गरेको छ। उपप्रमुख लक्ष्मी गौतमले मुख्य प्रशिक्षक श्याम मानन्धरलाई वल हस्तान्तरण गरेर प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नुभयो। महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गरेको हो।

प्रशिक्षण कार्यक्रममा इटहरीका सामुदायिक तथा संस्थागत विद्यालयका चालिस जना छात्राको सहभागिता छ। उनीहरुलाई दुईचरणमा गरि एक महिना प्रशिक्षण दिइने छ। सहभागि छात्राका लागि जर्सि र जुत्ताको पमहानगरले ब्यवस्था गरिएकोे छ।

उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख गौतमले इटहरी उपमहानगरले खेल क्षेत्रमा नयाँ आयाम थप्न लागेको वताउनुभयो। तालिम प्राप्त जनशक्तिवाट इटहरी उपमहानगरको महिला फुटवल टिम वनाउने उहाँले जानकारी दिनुभयो। देशमा मात्र होइन अन्तराष्ट्र सम्म पनि खेल्ने खेलाडी उत्पादन गरिनेमा उहाँले जोड दिनुभयो। खेलक्षेत्रवाटै भविश्य र पहिचान वनाउन उहाँले सहभागिहरुलाई शुभकामना दिनुभयो। हरेक क्षेत्रमा महिला अब्बल हुनुपर्ने उपमेयर गौतमको सुझाव छ।

यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता गरिसकेको छ।