इटहरी / अधिकाशं केटाहरुको गुनासो गर्छन् कि उनीहरुका गर्लफ्रेण्ड सानासाना कुरामा रिसाउने गर्दछन्। तर के तपाईलाई थाहा छ, यसरी गर्लफ्रेण्ड रिसाउनुमा कतिपय तपाई आफ्नै कारण रहने गर्दछ।

जुन कुरालाई केटाले साधारण वा मामुली बुझेका हुन्छन् त्यहि बिषय तपाईको गर्लफ्रेण्डका लागी गम्भिर र महत्वपुर्ण पनि हुनसक्छ। त्यसैले यदि तपाई आफ्नो गर्लफ्रेण्डलाई खुसी राख्न चाहानुहुन्छ भने भुलेर पनि यी ६ काम नगर्नुहोस्।

१. अरु केटीसंग तुलना : कोहि पनि केटीले आफुलाई अरु केटीसंग तुलना गरेको मन पराउदैनन्। त्यसैले भूलेर पनि आफ्नो गर्लफ्रेंडको तुलना अरुसंग नगर्नुहोस्।

२. गर्लफ्रेण्डको साथीबारे चासो : तपाईको उदेश्य जति नै सहि भएपनि तपाइले बारबार आफ्नो गर्लफ्रेण्डको साथिबारे राखेको चासोले तपाईलाई हानि गर्छ। तपाईको गर्लफ्रेण्डले यसलाई नकारात्मक रुपमा लिने गर्दछिन्।

३. गर्लफ्रेण्डलाई शंका : प्रेममा पर्ने हरेक प्रेमीले अनिवार्य बुझ्नु पर्ने कुरा के हो भने रिलेशनशिपमा रहदाँ गर्लफ्रेण्डका शंका गर्नु भनेको प्रेमीकाको नजरमा सबैभन्दा गलत हो। त्यसैले शंकाको भावना मनमा दबाएर सहजतापुर्वक कुराकानी गरेर उसको मनको कुरा निकाल्ने प्रयाश गर्नुहोस्।

४. पूर्व प्रेमीका बारेमा सोध्नु : हरेक केटी मानिसलाई सबैभन्दा रिस उठ्ने बिषय भनेको उनीहरुको पूर्व प्रेम वा प्रेमीका बारेमा राखिएको चासो हुने गर्दछ। त्यसैले आफ्नी गर्लफ्रेण्डलाई उसको एक्स ब्वाईफ्रेण्डका बारेमा नसोध्नुहोस्। सकेसम्म चासो पनि नदिनुहोस्।

५. धेरै नपर्खाउनु : हरेक केटी मानिस चाहान्छन्, उसको प्रेमीले उसलाई पर्खियोस्। यस्तोमा कुनै केटाले गर्लफ्रेण्डठलाई पर्खाएमा यसले केटी मानिसलाई निकै रिस उठ्ने गर्दछ।

६. लोभ गर्नु : केहि केटाहरु आफ्नो लोभी बानीलाई गर्लफ्रेण्डका सामुन्ने पनि देखाउने गर्दछन्। यसले संबन्धमा ठुलो हानि हुने गर्दछ। अझ सकेसम्म गर्लफ्रेण्डलाई रकम खर्च गर्न दिनु हुँदैन। तर यसको मतलब यो होइन कि गर्लफ्रेण्डलाई खुशी पार्न फजूल खर्च नै गर्नुपर्छ तर लोभ चाहि गर्नुहुँदैन।