एजेन्सी / बलिउडमा ‘प्यार का पंचनामा’ चलचित्रबाट करियर सुरु गरेका कार्तिक आर्यनले पारिश्रमिक बढाएका छन्। उनले एउटा चलचित्र खेलेबापत ७ करोड भारतीय रुपियाँ लिने उल्लेख गरेका छन्।

एक भारतीय सुत्रका अनुसार उनी दुईवटा चलचित्र ‘भूल भुलैया’ र ‘लव आजकल २’ मा काम गरिरहेका छन्। यसका साथै उनको चलचित्र ‘पति, पत्नी और वो’ डिसेम्बरमा रिलीज हुँदैछ।

‘सोनू के टीटू की स्वीटी’ को सफलतापछि कार्तिक आर्यनको फिल्मी क्षेत्रमा रफ्तार बढिरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उनले अब नयाँ चलचित्रको लागि ७ करोड पारिश्रमिक लिने बिचारमा रहेको बताइएको छ।

रिपोर्टका अनुसार बितेका डेढ वर्षमा उनले निकै सफल चलचित्रहरुमा काम गरिसकेका छन्। प्रायः चलचित्रका सफल रहेका कार्तिकको ७ करोड पारिश्रमिकको माग सही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।