एजेन्सी / रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन्। उनी चलचित्र प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन्।

ईशा अम्बानी चलचित्र ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन्। चलचित्रमा अक्षय कुमारको मूख्य भूमिका रहनेछ। उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङमा सो प्रोजेक्ट मन परेको बताएकी थिइन्।

ईशा अम्बानी देशको सबैभन्दा धनि र सफल ‘बिजनेस वुमेन’ हुन्। गएको वर्ष उनको आनन्द प्रिरामलसँग विवाह भएको थियो। उनले ‘फेमिना म्यागाजिन’ को कभर पेजका लागि अहिले सम्मकै महङ्गो फोटोशुट गराएकी थिइन्। उनी ११५ मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन्। उनले सानै उमेरमा ठुला बिजनेशमा हात हालिसकेकी छिन्।

उनी सन् २०१५ मा फोब्र्सको सवैभन्दा कम उमेरको धनि महिलाको सूचिमा दोस्रो नम्बरमा परेकी थिइन्। यसका साथै सन् २०१५ मा नै उनको नाम एसियाकै १२ सबैभन्दा शक्तिशाली बिजनेस वुमेनको सूचिमा परेकी थिइन्।