एजेन्सी / निर्देशक अयान मुखर्जीको प्रोजेक्ट ‘ब्रह्मास्त्र’ को सुटिङ सुरु हुनु अगाडि देखिनै चर्चामा छ। यो चलचित्रमा राणवीर कपुर र अभिनेत्री आलिया भट्टले पहिलो पटकसँगै काम गर्दै छन्।

यसका साथै यो चलचित्रमा अमिताभ बच्चन पनि मुख्य भूमिकामा छन्। जानकारी अनुसार यो चलचित्रमा अर्का अभिनेता किङ खान शाहरुख पनि जोडिएका छन्। शाहरुखले यो चलचित्रको सुटिङ समेत सुरु गरिसकेका बताइएको छ।

मुम्बई मिररको एक रिपोर्ट अनुसार भर्खरै मात्र यो चलचित्रको एक सिन चलचित्र सिटीको एक स्टुडियोमा सुट भएको छ। जानकारी अनुसार चलचित्रमा शाहरुख खानको भूमिका भिएफएक्समा आधारित छ।

चलचित्रमा शाहरुखको भूमिका के हो ? भनेर फाइनल नभएपनि उनी एउटा महत्वपूर्ण भूमिकामा देखिदै गरेको जनाइएको छ। यो चलचित्र अर्को वर्ष दर्शकमाझ रिलिज गरिने निर्माण पक्षको भनाइ छ।