मोरङ / मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारीमा कुटपिटबाट सिता सोरेनको ज्यान गएको छ। शुक्रबार साझँ ५१ बर्षीय बिजय किस्कु र उनका भाई ३२ बर्षीय बिरेन्द्र किस्कुको कुटपिटबाट ५५ बर्षीय सोरेनको ज्यान गएको हो।

जग्गाको बिषयमा बादविवाद गरी झगडा गर्दा उनिहरुले सोरेनलाई कुटपिट गरी घाईते बनाएका थिए। घाईते उनलाई उपचारको लागि बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा राती १० बजे ज्यान गएको हो।

घटनाबारेमा जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने दुबैजना दाजु भाईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।