एजेन्सी / बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन्।

प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १ सय ४४ करोड भारु खर्च गरेको बताइएको छ। उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला ठाँउ छ। यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन्।

यी दुईले सन् २०१८ मा विवाह गरेका थिए। एक अन्तर्वार्तामा प्रियंकाले घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन्।