काठमाण्डौ / एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज भारतविरुद्ध पहिलो खेल खेल्दैछ।

बंगलादेशमा आयोजना भएको प्रतियोगिता अन्तर्गत भारत र नेपाल बीचको खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजेदेखि सुरु हुनेछ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन्। सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन्। समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन्।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेपालले नोभेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ। प्रतियोगितामा यूएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने अवसर पाएको हो।