काठमाण्डौ / अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम गीत ३’को छायाँकन शुरु भएको छ। शुक्रबार काठमाण्डौस्थित दक्षिणकाली मन्दिरमा शुभमुहूर्तसँगै फिल्मचलचित्रको छायाँकन शुरु गरिएको हो।

बल्खुको सुन्दरीघाटमा निर्माण गरिएको दरबारको सेटबाट छायाँकन सुरुशुरु गरिएको चलचित्र मनाङका रमणीय स्थलमा समेत खिचिने निर्माण युनिटले जनाएको छ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने चलचित्र धेरै पुरानो प्रेमकथामा बन्न लागेको हो।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रका निर्माता निर्देशक सेन नै हुन्।