काठमाण्डौ / हरेक व्यक्तिको लागि आफ्नो जन्मबार र जन्मेको समय निकै महत्वपूर्ण हुने गर्छ। ज्योतिष शास्त्र अनुसार जन्मेको बारलाई ग्रहले निकै प्रभाव पारेको हुन्छ।

आइतबारको दिन सूर्य ग्रहको भने सोमबार चन्द्र ग्रहको हो। मंगलबार मंगल ग्रहको हो भने बुधबार बुध ग्रहको हुन्छ। यस्तै बिहिबार वृहस्पतिको हुन्छ भने शुक्रबार शुक्र ग्रहको हुन्छ। शनिबारको कारक ग्रह पनि शनि नै हो।

यसरी जन्मबार र समयलाई ग्रहले धेरै प्रवाभ पारेको हुन्छ। ग्रहले आयआर्जनमा निकै प्रभाव पार्ने गर्छ। त्यसैले आज हामी तपाईहरुलाई कुन बार जन्मेका व्यक्तिहरुले कति सम्पति कमाउँछन् भन्ने बारे जानकारी दिन गइरहेका छौँ।

आईतबार : आइतबार जन्मने व्यक्ति निकै भाग्यमानी हुन्छन्। सो बार जन्मने व्यक्तिको आयु पनि लामो हुने गर्छ। कम बोल्ने भएकाले शिक्षामा समेत अब्बल हुने गर्छन्।

उनीहरुले घर परिवारलाइृ खुसी राख्न निकै प्रयास गरिरेहेका हुन्छन। यो दिन जन्मेका व्यक्तिलाई २० देखि २२ वर्ष सम्मको उमेरमा निकै कष्ट हुने गर्छ। उनीहरु दान पुण्य गर्न निकै अग्रसर हुने भएकाले उनीहरुलाई २२ वर्ष पछि अत्याधिक धन लाभ हुने योग रहेको छ।

सोमबार : बोलिमा निकै मिठास भएका व्यक्तिहरु सोमबार जन्मेका हुन्छन्। यस दिन जन्मने व्यक्तिको भागमा दुख सुख बराबर जस्तै हुने गर्छ। उनीहरुमा निकै कला गला शिक्षामा पनि अगाड हुने भएकाले बहादुर हुने गर्छन्। उनीहरुको लागि ९, १२, २७ वर्षमा निकै कष्ट बेहोर्नु पर्ने हुन्छ। सोमबार जन्मने व्यत्तिलाई श्वासप्रश्वासको रोग लाग्ने सम्भावना रहेको हुन्छ।

मंगलबार : मंगलबार जन्मेका व्यक्ति निकै कठोर स्वभावका हुन्छन्। निकै भाग्यमानी र धनवान हुने गर्छन्। सो बार जन्मने व्यक्तिलाई छाला सम्बन्धी रोगले सताउनेछ।

बुधबार : बुधबार जन्मने व्यक्ति धर्म कर्ममा निकै विश्वास गर्ने गर्छन्। आफ्नो काममा धेरै चासो दिने भएकाले धन सम्पति कमाउन सञ्चय गर्न अरु भन्दा अगाडी रहेका हुन्छन्। यी व्यक्तिलाई ८ र २२ वर्षको उमेरमा निकै कष्ट गर्नु भएपनि जीवन सामान्य नै रहनेछ।

बिहिवार : यो बार जन्मने व्यक्ति निके विद्यवान हुने गर्छन्। ७, १२, १३, १६ र ३० वर्षको उमेर सम्म यो बार जन्मने व्यक्तिलाई संकट पर्ने छ। ३० वर्षका उमेर कटेपछि यो बार जन्मने व्यक्तिको भाग्य फेरिने छ। उनीहरुले सोचेभन्दा बढी सम्पति कमाउने अवसर मिल्नछ।

शुक्रबार : शुक्रबार जन्मने व्यक्ति निकै मिठो स्वर भएका हुन्छन्। उनीहरु रोमान्च स्वभावका हुन्छन्। यो बार जन्मने व्यक्तिलाई २० र २४ वर्षको उमेरमा कष्ट भोग्नुपर्ने हुन्छ। कडा मेहनत र परिश्रम गरेबापत उनहिरुले प्रशस्त धन आर्जन गर्छन्।

शनिबार : बाल्यकालमा कष्ट पूर्ण जीवन बिताएको भए पनि उनीहरुलाई त्यो भन्दा पछिको जविन निकै सुखद रहनेछ। आफै केही गर्ने सोच भएका कारण् यो बार जन्मने व्यक्तिहरु आफ्नो व्यापार व्यवसायमा निकै रमाउँछन्।

२०, २५, ४५ वर्षको उमेर पछि यी व्यक्तिहरुले निकै समस्याहरु समाधान गर्नुपर्ने हुन्छ। यीनीह्रुले प्रशस्त धन कमाउन सक्नेछन्।