काठमाण्डौ / एएफसी यू–१९ छनोट प्रतियोगितामा शुक्रबार नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ। इरानमा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोलीसँग खेल्न लागेको हो।

तेहरानमा हुने खेल नेपाली समय अनुसार राति आठ बजे हुनेछ। पहिलो खेलमा यूएईसँग ४–० को भारी अन्तरले पराजित भएको नेपाललाइ छनोट हुने सम्भावना कायम राख्नका लागि बाँकी दुई खेल जित्नै पर्नेछ।

इरानले भने पहिलो खेलमा किर्गिज गणतन्त्रलाई ३–० ले हराएको थियो। छनोट प्रतियोगिताको सबै समूहमा चार–चार टिम छन् र समूहको शीर्ष टोलीले समूह चरणमा स्थान बनाउनेछन्। दोस्रो स्थानका उत्कृष्ट पाँच टिम पनि समूह चरणमा पुग्नेछन्।